११ आश्विन २०८१, शुक्रबार

यात्रुबाट बढी भाडा लिने मोटरसाइकल चालक र ट्याक्सी चालक कारबाहीमा

प्रकाशित मिति :  16 February, 2023 11:14 am


काठमाडौँ । प्रयोजन विपरीत चलाउने १७ जना मोटरसाइकलका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

निजी प्रयोजनमा दर्ता भइ भाडा लिइ यात्रु बोक्ने गरेको पाइएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट १७ जना मोटरसाइकल चालकलाई कारबाही गरेको हो ।

त्यसैगरी यात्रुबाट बढी भाडा लिने ९ जना ट्याक्सी चालकलाई पनि काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !