१३ असार २०८१, बुधबार

सांसद चन्द्र भण्डारीकी माता हरिकलाको उपचारको क्रममा निधन

प्रकाशित मिति :  16 February, 2023 11:56 am


काठमाडौँ । ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएकी सांसद चन्द्र भण्डारीकी माता हरिकला भण्डारीको निधन भएको छ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा माता हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको हो ।

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !