२८ पुस २०८१, आइतबार

जलेर घाइते भएका सांसद चन्द्र भण्डारीलाई मुम्बई लगियो

प्रकाशित मिति :  16 February, 2023 5:20 pm


काठमाडौं । बुधबार राति खाना पकाउने ग्याँस विस्फोट हुँदा घाइते भएका नेपाली काँग्रेस नेता एवम सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत पठाइएको छ । भण्डारीलाई कीर्तिपुर बर्न अस्पतालले नेपालमा उपचार सम्भव नभएको भन्दै मुम्बई रिफर गरेको जानकारी दिएको छ ।

सांसद भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत मेडिकल टिम सहित मुम्बाई लग्ने भएको हो । विमान एयर एम्बुलेन्सको रुपमा ६ जनाको चिकित्सक टोली सहित मुम्बई उडेको हो । चिकित्सक सहितको मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको छ ।

उनलाई मुम्बइस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विष्फोटमा परि अनुहार र दुबै हातखुट्टा गरि ३० प्रतिशत जलेको र नेपालमा उपचर सम्भव नभएकोले मुम्बइ रिफर गरिएको अस्पतालले जनाएको छ ।

गएराति उनकी आमा हरिकला भण्डारीले किचनमा ग्याँस लिक भएको भनेपछि सांसद भण्डारी किचन पुगेका थिए । बत्ति बाल्न स्वीच अन गर्नेवित्तकै एक्कासि बिस्फोट भएको थियो । बिस्फोटमा परेकी हरिकलाको ७० प्रतिशत शरिरको भाग जलेको थियो भने विहिवार विहान उनको मृत्यु भएको छ । सांसद भण्डारीलाई भने थप उपचारका लागि मुम्बई पठाएको हो ।



प्रतिक्रिया दिनुहोस !