११ मंसिर २०८१, मंगलबार

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन : रोल्पामा सुनिलस्मृति गाउँपालिका पहिलो

प्रकाशित मिति :  17 February, 2023 2:56 pm


काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा रोल्पामा सुनिलस्मृति गाउँपालिका रोल्पामा पहिलो भएको छ ।

प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादनको सुचकका आधारमा सुनिलस्मृति गाउँपालिका पहिलो भएको हो ।

आयोगले कार्यसम्पादन गर्न प्रयोग गरिएका २७ वटा सूचक र प्राप्त विवरणका आधारमा सुनिलस्मृति गाउँपालिका रोल्पाभित्र ७०.२५२९ अंकसहित पहिलो भएको छ ।

सुनिलस्मृतिपछि त्रिवेणी गाउँपालिका ६७.०१७२ अंकसहित दोस्रो स्थानमा छ । माडी गाउँपालिका ६३.५२५५ अंकसहित तेस्रो भएको छ भने सुनछहरी गाउँपालिका ६२.७८४६ अंकसहित चौथोमा छ ।

परिवर्तन गाउँपालिका ५८.७७९१,लुंग्री गाउँपालिका ५५.३११८ रुन्टीगढी ५५.२९३३,रोल्पा नगरपालिकाको ५५.१७१ अंक छ ।

गंगादेव गाउँपालिका ४५.३९७६ र थवाङ गाउँपालिका ४३.२४८२ अंकसहित जिल्लाका पालिकामा पुछारमा रहेको विवरण प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनमा आयोगले उल्लेख छ ।

प्राप्त अंक चित्त नबुझेमा ७ दिनभित्र आवश्यक प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिनसक्ने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !