६ आश्विन २०८१, आइतबार

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

प्रकाशित मिति :  19 February, 2023 9:43 am


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको मूल्य अनुसार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अङ्गुर १२० रुपैयाँ, अनार ३०० रुपैयाँ, अदुवा ९० रुपैयाँ, नेपाली ठुलो गोलभेँडा ३५ रुपैयाँ, घ्यु सिमी ७० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवी ३०० रुपैयाँ, च्याउँ कन्य १२० रुपैयाँ, च्याउँ डल्ले ३००रुपैयाँ,चुकन्दर ७० रुपैयाँ तोकेको छ ।

यस्तो, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, टनेल गोलभेँडा १५ रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, हरियो फर्सी १५ रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, पालूगो साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० र हरियो धनियाँ ३० रुपैयाँ कायम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !