सन्धिखर्क नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
काठमाडौँ । लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लाको खेलक्षेत्र विकासका लागि ,प्रदेशस्तरका खेलकुदका गतिविधि बढाउन प्रदेश सरकारबाट पहल गर्ने बताएका छन् । सन्धिर्खक नगरपालिकाद्धारा ‘राष्ट्रका लागि खेलकुद, विकासको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आजबाट (आइतबार) आयोजना गरिएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गदै मन्त्री आचार्यले उक्त कुरा बताएका हुन् ।
मन्त्री आचार्यले खेल क्षेत्र विकासले राष्ट्रको आर्थिक पाटोलाई वृद्धि गर्न सहयोग गर्ने बताए । खेल मैदानमा खानेपानी, , शौचालय ,लगायतभौतिक पुर्वाधारमा समेत जोड दिने बताउदैँ आचार्यले सबैपालिकामा प्रदेश सरकारको लगानीमा खेलमैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।
कार्यक्रममा अर्घाखाँची जिल्लाकि प्रमुख जिल्ला अधिकारी मिना अर्याल , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल , शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मणिराम पराजुली ,सामाजिक विकास समितिका संयोज नारायण खड्का लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।