६ आश्विन २०८१, आइतबार

कृषि मन्त्रीलाई सरोकारवालाको ११ बुँदे ज्ञापनपत्र

प्रकाशित मिति :  21 February, 2023 9:02 am


काठमाडौँ । किसानसँग सरोकार राख्ने सरोकारवाला निकायले कृषि मन्त्रीलाई सामूहिक ज्ञापन पत्र बुझाएका छन् । ११ बुँदे ज्ञापनपत्रमा सरकारी कार्यक्रमहरु कृषकसम्म नपुगेकोदेखि खाद्य सम्प्रभुता सम्बन्धी ऐनको कार्यान्वयन हुन नसकेको गुनासा समेटिएका छन् ।

चिनिया धान डीवाई २८ लगाएका किसानको धानमा दाना नलागेकोमा बिउ वितरक काष्ठमण्डप ट्रेड प्वाईन्टलाई कारवाही गरी क्षर्तिपूर्ति दिलाउन, कृषिमा अनिवार्य गरिएको बैंकको १५ प्रतिशत लगानीको सुनिश्चित गर्न, किसानको वर्गीकरण लगायतका विषय ज्ञापनपत्रमा समेटिएका छन् ।

ज्ञापनपत्रमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, फियान नेपाल, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपाल, खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जाल, जुरी नेपाल लगायका संस्थाका प्रमुख तथा प्रतिनिधीले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !