२८ पुस २०८१, आइतबार

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

प्रकाशित मिति :  21 February, 2023 12:52 pm


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा भइरहेको खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर बलिङमा उत्रिएको नेपालले २१२ रनमा स्कटल्याण्डलाई अलआउट गरेको थियो ।

नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको हो ।

स्कटल्यान्डका ओपनर कायल कोट्जर २३ बलमा ४ चौकासहित २२ रनमा आउट भएका थिए । अर्का ओपनर जर्ज मुन्से ५० बलमा ९ चौका र दुई छक्कासहित ६० रन बनाएको अवस्थामा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भएका थिए । क्रिस्टोफर म्याकब्रिज ३० बलमा १ चौकासहित २२ रनमा कुशल मल्लको बलमा एलबी डब्लू आउट भए ।

कप्तान रिची बेरिङटनलाई पहिलो बलमै सन्दीप लामिछानेले एलबी डब्लू आउट गरेर पभेलियन फर्काएका थिए ।

लगातार विकेट गुमाइरहेको स्कटल्यान्डका लागि ६३ बलमा ४ चौका र एक छक्काको मद्दतमा ४२ रन बनाएका म्याथ्यू क्रसलाई दिपेन्द्रसिंह ऐरीले रनआट गरे । ब्रान्डन माकिन्टोस ३१ रनमा आउट भएपछि स्कटल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।



प्रतिक्रिया दिनुहोस !