बाजुरामा भूकम्पको धक्का
प्रकाशित मिति : 22 February, 2023 3:17 pm
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ।
बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर ५।२ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५।९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।