२३ असार २०८१, शनिबार

चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कोरोना कोषका लागि कट्टा गरिएको छैन:स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति :  10 April, 2020 5:06 pm


काठमाण्डौं,२८ चैत ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टा गरेर कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्न निर्देशन नदिएको स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म स्वास्थ्यकर्मीहरुलाई तलब कट्टा गरेर कोषमा रकम जम्मा गर्ने निर्देशन नदिएको स्पष्ट पारे ।

उनले कर्मचारीहरुको तलब पनि अहिलेसम्म कट्टा नगरिएको बताए ।

उनले भने,‘ चैत ११ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न तहका कर्मचरीको ३ देखि ७ दिनसम्मको तलव कट्टा गरेर कोषमा जम्मा गर्ने जुन निर्णय भएको थियो त्यसमा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यो कट्टी गर्ने निर्देशन जारी गरेका छैनौं र हालसम्म यो कट्टी गरेको अवस्थापनि    छैन ।

त्यसैले सबैले उच्च मनोबसलका साथ काम गर्न चाहीं स्वास्थ्य तथा जनशंख्या मन्त्रालय हर्दिक अपिल गर्दछ ।’ सुरक्षा तथा स्वास्थ्यकर्मीको तलब कट्टा गरेर कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेको प्रति आलोचना हुँदै आएको छ ।

अलोचना भएपछि स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टा नगर्ने निष्कर्षमा पुगेको हो ।

सेवा निवृत्त भएकालाई स्वेच्छि सेवामा आउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाबाहिर रहेका तथा सेवा निवृत्त भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वेच्छिक सेवामा आउन आग्रह गरेको छ ।

कोरोना भाइरसका कारण जनशक्ति व्यवस्थापनमा समस्या भएको भन्दै मन्त्रालयले स्वेच्छिक सेवामा फर्कन सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने,‘ हामीले सेवाबाहिर रहनुभएका, सेवा निवृत्त हुनुभएको स्वास्थ्यकर्मीहरुलाई स्वेच्छिक रुपमा आवद्ध हुन आव्हान गरेका छौं ।’

साथै मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत चिकित्सकहरुलाई परिचालन गर्ने निर्णय समेत गरकेो छ । प्रवक्ता डा. देवकोटाले भने,‘यसले हाम्रो जनशक्ति परिचालनमा हामीलाई ठूलो योगदान पुग्ने हामीले विश्वास व्यक्त गरेका छौं ।’



प्रतिक्रिया दिनुहोस !