१० मंसिर २०८१, सोमबार

राेल्पा सुनछहरीका अध्यक्ष पुनको माग : ६० मेगावाटको लुङ्ग्री हाइड्रोदेखि झोलुङ्गे पुलसम्म

प्रकाशित मिति :  22 February, 2023 5:50 pm


काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले आगामी संघीय बजेटमा हाइड्रो,झोलुङ्गे पुल र जनयुद्धमा सहीद भएका व्यक्तिको सामुहिक समाधिस्थल बनाउने कार्यक्रमको माग गरेका छन् ।

सम्बिन्धत संघीय मन्त्रालयमा पुगेर अध्यक्ष पुनले संघीय बजेटमा पर्नेगरी ठुला कार्यक्रम माग गरेका हुन् ।

अध्यक्ष पुनले ६० मेगावाटको लुङ्ग्री हाइड्रो, ४ सय ५० देखि ५ सय ५० मिटर लम्बाईका झोलुङ्गे पुल र जनयुद्धका क्रममा गाउँपालिकाभित्रबाट सहीद भएका २०७ जनाको सामुहिक समाधीस्थल बनाउने प्रस्तावहरू पेश गरेको बताए ।

उनले भने,“मेरो धेरै माग छैन यीनै तीनवटा मुख्य माग हुन् ।” बजेट निर्माण प्रकृया सुरु भएसँगै अध्यक्ष पुनले काठमाडौं आएर संघीय बजेटमा पर्ने गरी गाउँपालिकाभित्र पर्नेगरी कार्यक्रमरू पेश गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !