११ मंसिर २०८१, मंगलबार

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष बुढाथोकीद्वारा संघीय सरकारसँग १६ वटा ठुला योजना माग

प्रकाशित मिति :  23 February, 2023 7:29 am


काठमाडौँ । सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले संघीय बजेटमा समेट्न १६ वटा विभिन्न आयोजना पेश गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित विभिन्न संघीय मन्त्रालयमा बुढाथोकीले गाउँपालिकाभित्र विभिन्न वडाहरूमा सम्बोधन हुन नसकेको विस्तृत अध्ययन प्रतिवेदन( डीपीआर) समेत समेत भइसकेको र गाउँपालिकाभित्रको बजेटले समेट्न नसकेका कार्यक्रम समावेश गर्न माग गरेका हुन् ।

माग गरिएका योजना अन्तर्गत सुलिचौर–काभ्रा–मन्घा–क्वालिगाउँ सडक, सुलिचौरदेखि अरेश हुँदै प्युठान जोड्ने मोटरबाटो, छिर्ने–बाजाघाट–बाइपास रोड, सुनिलमार्ग रोड रहेका छन् । त्यस्तै घोडागाउँ–तुसारपानी मोटरबाटो,खुंग्री–हरिगाउँ मोटरबाटो, सुलिचौर–तेवाङ मोटरबाटो, सुलिचौर–कोइरालखर्क–अरेश जोड्ने मोटरबाटोमा पनि बजेट विनियोजनको माग गरिएको अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।

अध्यक्ष बुढाथोकीले रेड स्वाइल पार्क घोडागाउँ,गजुलकोट दरबार संरक्षण,मल्लरानी शान्ति बाटिका, लिस्ने युद्धसंग्रालय, सुलिचौर खानेपानी योजना, गाउँपालिकास्तरीय रंगशाला, राज्यपोखरी वृहत विकास योजना र अरेश–चिन्ने खानेपानी निर्माणलाई पनि बजेट विनियोजनका लागि माग गरिएको जानकारी दिए । बुधबार काठमाडाै आएका अध्यक्ष बुढाथाेकीले सम्बन्धित मन्त्रालय पुगेर याेजना माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !