५ आश्विन २०८१, शनिबार

फोर–जी सेवा गुणस्तर बनेपछि मात्रै फाइभ–जी उपयुक्त : मन्त्री शर्मा

प्रकाशित मिति :  23 February, 2023 3:45 pm


काठमाडौं । सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ–जी लागू गर्न उपयुक्त हुने बताएकी छन् । बिहीबार एक अन्तरक्रिया कार्यत्रममा बोल्दै मन्त्री शर्माले फोर–जी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् ।

प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ–जीको चुनौति र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेको बताइन् ।

उनले भनिन् ‘फोर जी सेवा लागू गर्दा लागेको लागत अनुसार प्रतिफल भए,नभएको विषयमा अध्ययन गर्नुपर्छ, विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समिक्षा गर्न सकेनौं भने लाभ भन्दा नोक्शानी बढ्नसक्ने तर्फ सचेत हुन आवश्यक छ । नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेकोले उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै पुग्न सकेको छैन ।’

उनले विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको बताइन् ।

सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पु¥याउन मन्त्रि शर्माले निर्देशन दिइन् । फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति रहेकोले फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने बताइन् ।

त्यस्तै,नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभजी सेवा अपेक्षा अनुसार नभएर पनि परीक्षण शुरु भएको बताए । उनले भने ‘सरकार,नियमन निकाय र आम उपभोक्ताहरुले सोचेको जस्तो नभएको गुनासो आयो त्यस्तैले फाइभ जी सेवा परीक्षणको दायरा बढाउन आग्रह गर्दछ् ।’

प्राधिकरणले नेपालमा फाइभ जी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको बताइन् । र राज्यले लगानी गरे अनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !