२८ पुस २०८१, आइतबार

जी–२० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

प्रकाशित मिति :  23 February, 2023 3:47 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । जी- २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन उनी भारत जान लागेका हुन् ।

जी- २० अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने पौडेलकाे सचिवालयले जनाएको छ ।

नेपाल जी -२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !