३० कार्तिक २०८१, शुक्रबार

अर्घाखाँची प्रिमियर लिग क्रिकेट टुर्नामेन्ट हुँदै, बिजेताले १ लाख १ हजार पाउने

प्रकाशित मिति :  24 February, 2023 6:00 pm


अर्घाखाँचीका जिल्लाकाे सर्वाधिक पुरस्कार राशीको टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।

‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नाराका अर्घाखाँची क्रिकेट संघको आयोजनामा फागुन २३ गते देखी सन्धिखर्कको टुडीखेल मैदानमा चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) हुने भएको हो । बिहिवार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी खेलको तयारीको बारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष ऋषीकेश भट्टराईले जिल्लामा क्रिकेट खेलको विकास गर्न, खेलकुदको माध्यमबाट ब्यक्तिको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेल्न प्रतियोगीता आयोजना गरिएको बताए । भट्टराईले खेलकुद क्षेत्रलाई अझबढि विकसित गरि अगाडी बढाउने संस्थाको मुख्य उदेश्य रहेको भन्दै खेलकुदलाई सबैले सहयोग र समर्थन गर्न आग्रह समेत गरे ।

कुल चार टिमको सहभागीता रहने प्रतियोगीताको बिजेतालाई रु १ लाख १ हजार र उप बिजेतालाई ५१ हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडलको व्यवस्था गरीएको भट्टराईले जानकारी दिए । खेलमा विभिन्न बिधाहरुमा समेत आर्कषक पुरस्कारको व्यवस्था गरीएको भट्टराईको भनाइ छ । प्रतियोगीतामा पुष्प वारीयर्स, रोयल सन्धिखर्क, रोयल खाँचीकोट भगवति र इलाभेन ब्रदर्श डिभर्ना टिमको सहभागीता रहने छ ।



प्रतिक्रिया दिनुहोस !