२३ असार २०८१, शनिबार

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, यमनमा समेत संक्रमित भेटिए

प्रकाशित मिति :  11 April, 2020 7:45 am


एजेन्सी,२९ चैत ।

कोरोना भाइरसका कारण मर्नेको संख्या १ लाख पार गरेको छ ।

ताजा तथ्याङ्क अनुसार कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार २६ पुगेको छ । संक्रमितको संख्या १६ लाख ८१ हजार ९ सय ६४ भएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा मृतकको संख्यासमेत बढीरहेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यामका अनुसार अहिलेसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित इटलीलाई समेत उछिन्ने अवस्था अमेरीका देखिएको    छ ।

इटलीमा १८ हजार ८ सयको मृत्यु भएको छ भने अमेरीकामा १८ हजार ७ सय जनाको ज्यान गएको पुष्टि भएको छ । अमेरीकामा पछिल्लो २४ घण्टामा २ हजार जनाको ज्यान गएको छ ।

इटलीमा मृतकको संख्या केहीकम हुँदै गएपछि स्थिति अझै भयावह छ । संक्रमणको संख्या १ लाख ४३ हजार ६ सय २६ छ । जबकी अमेरीकामा ४ लाख ६६ हजार २ सय ९९ पुगेको छ ।

फ्रान्समा समेत कोरोना भाइरसका कारण एकै दिन १ हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक हजारको मृत्यु भएलगत्तै फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ हजार पार गरेको छ ।

यमनमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । गृहयुद्धको चपेटामा रहेको यमनमा समेत कोरोना संक्रमण देखिएपछि सहायता एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ्य सुविधा थिलोथिलो भएको भन्दै कोरोना भाइरसको संक्रमण देखिनु यमका लागि ठूलो झट्का भएके टिप्पणी अन्तराष्ट्रिय सञ्चार माध्यमले गरेका छन् ।

अन्तराष्ट्रिय उद्धार समितिले यमनमा कोरोना भाइरस देखिनु ‘एउटा खराब सपना’ भएको भन्दै चिन्ता व्यत्त गरेको छ ।
छिमेकी मुलुक भारतमा ६ हजार ७ सय भन्दा बढी कोरोना संक्रमित रहेको पुष्टि भएको छ । अहिलेसम्म २ सय ६ जनाको ज्यान गइसकेको    छ ।



प्रतिक्रिया दिनुहोस !