हुन्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना
काठमाडाैँ । नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना विद्युतीय गाडीमा एक्सचेन्ज अफर ल्याएको छ । हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो ।
अफरअन्तर्गत ग्राहकले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछ । एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । यो हालसम्मको मूल्यांकनमा सबैभन्दा बढी भएको कम्पनीको दाबी छ ।
यो अभियानले नयाँ र विकसित विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकका लागि उत्कृष्ट अवसर दिने कम्पनीले उल्लेख गरेको छ । यो योजनाबाट ग्राहकले कोना तथा आयोनिक फाइभका सम्पूर्ण विशेषतासँग परिचित हुने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज अफर नेपालभरिका हुन्डाई सोरुमहरूमा उपलब्ध रहेको जनाइएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको जनाएको छ ।