सन्दीप लामिछानेलाई विदेश जान अनुमति
प्रकाशित मिति : 27 February, 2023 5:53 pm
काठमाडौँ । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले उक्त फैसला दिएको हो ।
उच्च अदालत पाटनले उनलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले बदर गरिदिएको हो। लामिछानेले विश्वकप लिग-२ अन्तर्गतको श्रृंखलाका लागि खेल्न पाउँ भनी गत बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबारबाट सुरु भएको नेपालको आठौं श्रृंखलामा यूएई र पपुवा न्यु गिनीसँग दुई -दुई खेल खेल्दैछ ।
बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख रुपैयाँमा धरौटीमा छाड्ने आदेशसँगै उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।