३० कार्तिक २०८१, शुक्रबार

कुमारी बैंकले विद्युतीय सवारीसाधन खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा दिने

प्रकाशित मिति :  28 February, 2023 12:45 pm


काठमाडौँ । कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबिच विद्युतीय गाडी खरिद गर्दा कर्जा दिने सम्बन्धी विषयमा सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नका लागि कर्जा प्रदान गर्ने विषयमा उक्त कम्पनीसँग सम्झौता भएको बैंकले जनाएको छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरूको माग पूरा गर्न बैंकले देशभरका शाखाहरूबाट सहज रूपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन् । साथै कर्जाको अवधि ८ वर्षसम्म रहने प्रावधान गरिएको कम्पनीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !