३० कार्तिक २०८१, शुक्रबार

अभियान लघुवित्तद्वारा मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

प्रकाशित मिति :  1 March, 2023 6:15 am


काठमाडौँ ।अभियान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बाँसगढी ,बर्दियाले मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ ।

बासगढी नगरपालिका वडा नम्बर ५,बासगढी, बर्दियाका ४४ बर्षिय शिव प्रसाद तिमल्सेनाको मृत्यु भएकोमा उनकी श्रीमती सरस्वती तिमल्सेनालाई बीमा बापत तीन लाख पचाँस हजार रुपैयाँ प्रदान गरेको हो ।

मृतक तिमल्सेनाको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती सरस्वती तिमल्सेनलाई अभियान केन्द्र नम्बर १० का सदस्य एवम् बाँसगढी शाखाका कर्मचारीको उपस्थितीमा शाखा प्रमुख दुर्गालाल बिश्वकर्माले कार्यालयमा रकम प्रदान गरेका हुन् ।

केन्द्रिय कार्यालय पनौती नगरपालिका वडा नम्बर ४, काभ्रेपलान्चोक रहेको राष्ट्रियस्तरको अभियान लघुवित्तले आफ्ना ग्राहक सदस्यहरुलाई सुत्केरी खर्च,काज क्रिया खर्च रकर्जा बिमा सम्बन्धि राहत प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !