२३ असार २०८१, शनिबार

पूर्व सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको धारावाहिक ट्वीट: लाग्न त पिउनु पर्छ प्रियजन हो !

प्रकाशित मिति :  11 April, 2020 3:06 pm


sf7df8f}F, !) ebf} -/f;;_ M ;~rf/ tyf ;”rgf k|ljlw dGqfnodf d+unaf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu s’/fsfgL ug'{x’Fb} ;~rf/ tyf ;”rgf k|ljlwdGqL uf]s’nk|;fb afF:sf]6f . t:jL/ M /Tg >]i7 .
काठमाण्डौं,२९ चैत ।

पूर्व सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूमाथी लागेको आरोपको हरेक दिनजासो खण्डन र टिप्पणी गरिरहेका हुन्छन् ।

आजपनि उनले आफूलाई लागेको आरोपबारे प्रतिवाद गरेका छन् ।

पूर्व प्रधानमन्त्री कृतिनीधि बिष्ट र केशरबहादुर बिष्टसँग आफूलाई तुलना गर्दै भनेका छन्,‘अझ म अनैतिक र भ्रष्ट ? वात गर्छन् !

बाँस्कोटाले पहिलो ट्वीटमा भनेका छन्,‘ एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रहरुलाई छानविन गर्न सहयोग पुगोस भनेर राजीनामा दिएँ । सिंहदरबार जल्नासाथ कृतिनीधि बिष्ट र रंगशालामा दुर्घटना हुनासाथ केशबहादुर बिष्टले राजीनामा दिए बाहेक कसले मैले जसरी राजीनामा दिएका छन् ? अझ म अनैतिक र भ्रष्ट ? बात गर्छन् !

उनले त्यसै सन्दर्भ जोडेर लगातार ट्वीट गरेका छन् ।

अर्को ट्वीटमा खाएको विष मात्रै लाग्ने भन्दै आफ्नो बचाउ गरेका छन् ।

उनले भनेका छन्,‘ पदमा टाँसिए छानविनमा काँडेटार हालेर लौ देखा पाइन हेरौं भनेको भए पो मुखमा रुपमाल कोचेर बस्नु । छानबिन चलेकै बेला कसैको मिथ्या आरोपमा मैले ल्याप्चे लाईदिनुपर्ने ? घसिदिएको विष लाग्दैन, जिउ चिलाउने मात्रै हो । लाग्न त पिउनुपर्छ प्रियजन हो !।



प्रतिक्रिया दिनुहोस !