ग्लोबल आईएमई बैंकको डिजिटल होली योजना सार्वजनिक
प्रकाशित मिति : 5 March, 2023 3:47 pm
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेसन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने बैंकले जनाएकाे छ ।
यस योजना अन्तर्गत २२ र २३ फागुनमा ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरूले ‘जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदमा १५ प्रतिशत (१५० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लावान्भित गर्दै आएको बैंकले जनाएको छ ।