२८ पुस २०८१, आइतबार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

प्रकाशित मिति :  8 March, 2023 11:48 am


काठमाडौँ । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक सँगसगै” योजना सार्वजनिक गरेको छ । उक्त योजना चैत्र १ गतेसम्म लागू हुनेछ ।

योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गर्ने बैंकले जनाएको छ ।

साथै ग्राहकहरूलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागु हुने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !