३० कार्तिक २०८१, शुक्रबार

विकास बैंकहरुको ब्याजदर घट्यो

प्रकाशित मिति :  13 March, 2023 2:46 pm


काठमाडौँ । डेभलप्मेन्ट बैंकर्स एसोसिएसनले विकास बैंकहरुको ब्याजदर घटाउने निर्णय गरेका छन् । चैत १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुको मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो ।

विकास बैंकहरुले एक वर्षभन्दा कम र एक वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा फरक ब्याजदर कायम राख्ने जनाएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ ।

जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११े.६० प्रतिशत र एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेर ११.५० प्रतिशतमा कायम रहेको जनाइएको छ ।

चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !