२३ असार २०८१, शनिबार

कोरोना भाइरसबाट विदेशमा १४ नेपालीको मृत्यु, ६ सय ६५ मा सङ्क्रमण

प्रकाशित मिति :  12 April, 2020 3:01 pm


काठमाण्डौं, ३० चैत ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा रहेका १४ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको हो।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६ सय ६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।

विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उनले जानकारी दिए ।

अमेरिकामा ५ सय, बेलायतमा १ सय , स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ जना संक्रमित भएको पुष्टि भएको छ ।

त्यस्तै अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक/एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !