२८ पुस २०८१, आइतबार

यस्तो छ आजको मौसम

प्रकाशित मिति :  18 March, 2023 10:02 am


फाइल फाेटाे

काठमाडौँ । हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिक देखि सामान्य बदली रही देशको पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !