हाइलाइफले ल्यायो बम्पर उपहार याेजना
काठमाडौँ । व्यावसायिक उत्पादन सुरु गरेको छोटो समयमा उपभोक्ता माझ परिचित हाइलाइफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहार अन्तर्गत हाइलाईफ लक्की ड्र योजना सार्वजनिक गरेको छ। हाइलाइफको चिउरा बिक्री गर्ने होलसेल तथा खुद्रा व्यापारीहरूले स्कुटर, बाइक र ल्यापटप देखि हात खाली नहुने उपहारहरु जित्न सक्ने छन।
हाइलाइफ ब्राण्डका विभिन्न साइजका चिउरा खरिद गर्दा प्रथम पुरस्कार स्वरुप २ जनालाई १५० सि.सी. क्षमता भएको पल्सर बाइक जित्न सक्नेछन् । दोस्रो उपहार स्वरुप २ जना भाग्यमानी विजेताले होण्डा ब्राण्डका २ वटा स्कुटर जित्न सक्नेछन् भने तेस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले १ टन क्षमता भएको एलजी एसी जित्न सक्नेछन् । साथै चौथो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले २५३ भल्टको सामसङु ब्राण्डको फ्रिज र पाँचौं उपहार स्वरुप ३ जना भाग्यशाली विजेताले लेनोभो ब्राण्डको ल्यापटप र सान्त्वना उपहार स्वरुप १० जना भाग्यशाली विजेताले अन्य थुप्रै हाईलाईफको सामानहरू प्राप्त गने हाइलाइफले जनाएको छ ।
योजना अन्तर्गत हाइलाईफ कुरुम कुरूम चिउराको प्रत्येक कार्टुनको खरिदमा (एक के.जी. मा ३ वटा) लक्की ड्र कुपन पाउनेछन् । साथै ७०० ग्रामको कार्टुन खरिदमा २ वटा लक्की ड्र कुपन र ४५० ग्रामको कार्टुनको खरिदमा एउटा लक्की ड्र कुपन प्राप्त गनेछन् । हात खाली नजाने गरी यसरी जम्मा भएका २५ वटा कुपन बराबर गग्राहकले नगद रु ५०० प्राप्त गर्न सक्ने हाइलाइफले जनाएको छ।
यो योजना २०७९ फागनु १५ गतेदेखख २०८० असार १५ गतेसम्म लागू हुनेछ । योजनामा भाग लिनका लागि कुपन विवरण भरी उक्त कुपनको फोटो खिची तोकिएको अवधि भित्र हाइलाइफ़को आधिकारिक भाइवर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउन साथै सक्कल कुपन सुरक्षित साथ राख्नु पर्ने कम्पनीले जनाएको छ।
हाइलाइफ ब्राण्ड अन्तरगत उत्पादित कन्फ्लेक्स, चिउरा,ओट्स, जाम, सोयाविन, बेसन, केचप, पास्ता, पापड लगायतका विभिन्न प्रोडक्टहरु उपभोक्ता माझ लोकप्रिय छन् ।