२३ असार २०८१, शनिबार

कोरोना संकट : टर्कीका गृहमन्त्रीद्धारा राजिनामा, श्रीलंकामा शव अनिवार्य जलाउनुपर्ने नियम

प्रकाशित मिति :  13 April, 2020 8:48 am


An N95 protective mask sits on the dashboard of an ambulance in Teaneck, New Jersey, U.S., on Saturday, April 11, 2020. Bergen County, across the Hudson River from New York City, has more than 8,000 Covid-19 cases, and its infections had doubled every couple of days as the virus took hold. Photographer: Angus Mordant/Bloomberg via Getty Images

एजेन्सी, १ बैशाख ।

टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजिनामा दिएका छन् ।

कोरोना भारइरसका कारण घोषणा गरिएको लकडाउन कार्यान्वयन गर्न नसकेपछि गृहमन्त्री सोयलुले राजिनामा दिएका हुन् । उनी राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको नजिक मानिन्छन् । टर्कीले सबै ३१ वटा शहरमा लकडाउनको घोषणा गरेको थियो ।

लकडाउनको घोषणपछि अराजकताको स्थिति बनेको थियो । टर्की सरकारले शुक्रबार राति ४८ घण्टाका लागि लकडाउन घोषणा गरेको   थियो । घोषणापछि शुक्रबार मध्यरातबाटसडकमा ननिस्कनुपर्नेमा धेरैजसो मानिस समान खरिद गर्न सकडमा निस्किएपछि अराजकतापूर्ण स्थिति बन्यो ।
अचानक लकडाउन सुरु भएको भन्दै विपक्षी दलका नेताले आलोचना सुरु गरेका थिए भने झण्डै १ करोड ६० लाख जनसंख्या रहेको इस्तानबुलमा विरोध गर्दै मानिसहरु सडकमा निस्किएका थिए ।

उनीहरुको दाबी थियो की आफूहरुलाई कुनै जानकारी नदिई अचानक लकडाउन घोषणा गरियो । विरोध चर्कीएपछि सबै परिस्थितिको जिम्मेवारी लिदै गृहमन्त्रीले राजिनामा घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

शव अनिवार्य जलाउनुपर्ने

कोरोना संक्रमणका कारण मृत्यु हुनेको शव अनिवार्य जलाउनुपर्ने नियम बनाएको छ । जुनसुकै धर्मको व्यक्ति भएपनि कोरोना भाइरसका कारण मर्नेहरुको शव अनिवार्य जलाउनुपर्ने नियम बनाएको हो ।

श्रीलंकामा रहने अल्पसंख्याक मुसलमानहरुको विरोधलाई उपेक्षा गर्दै सरकारले यस्तो नियम बनाएको समाचारमा उल्लेख छ ।

समाचार संस्था एएफपीका अनुसार श्रीलंकामा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको छ जसमा तीन जना मुसलमान छन् । मृत्यु भएका मुसलमानको शव विरोधका बामजुद मृत्यु जलाईएको छ ।

अमेरीकामा मृतकको संख्या बढ्दो

अमेरीकामा अहिलेसम्म २२ हजार जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५ लाख ५५ हजार ३ सय ९८ पुगेको छ । अमेरीकामा सबैभन्दा धेरै कोरोनाको चपेटामा परेको न्यूयोर्क शहरमा मात्रै ६ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ ।

बेलायतमा १० हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७ सय जनाको मृत्यु भएको छ । यसअघि सबैभन्दा बढी प्रभावित भएको इटलीमा भने मर्नेको संख्यामा केही कमी आएको छ । पछिल्लो तीन हप्तामा इटलीमा ४ हजार ३१ जनाको मृत्यु भएको   छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ३४ जनाको मृत्यु भएको छ भने संक्रमण ९ सय ९ जना भेटिएका छन् । यो सँगै भारतमा मृत्यु हुनेको संख्या २ सय ७३ पुगेको छ भने संक्रमितको संख्या ८ हजार ४ सय ४७ पुगेको छ ।

विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख १४ हजार पुगेको छ भने झण्डै १८ लाख भन्दा धेरै मानिस संक्रमित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !