२ कार्तिक २०८१, शुक्रबार

अर्घाखाँचीमा सबै थर्मल गन बिग्रिए

प्रकाशित मिति :  13 April, 2020 1:44 pm


अर्घाखाँची, १ बैशाख ।

अर्घाखाँचीमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।

जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या उत्पन्न भएको छ ।

यात्रु तथा अन्यको तापक्रम नाप्न प्रयोग गरिने थर्मल गन बिग्रिएपछि चार दिनदेखि जिल्लाका सबै स्थानमा ज्वरो नाप्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले जानकारी दिए ।

अर्घाखाँची अस्पतालमा रहेको थर्मल गन पनि बिग्रिएको छ ।

अहिले थर्मोमिटरले ज्वरो नाप्नुपरेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । थर्मल गनकाठमाडौँबाट मगाइएको र एकदुई दिनमा ल्याइपु¥याइने गौतमको भनाइ छ ।

शीतगंगा १२ डोहटेमा कोरोना भाइरस सहायता कक्ष स्थापना गरेर जिल्ला प्रवेश गर्नेहरुको तापक्रम नाप्ने काम हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !