नेप्सेमा कालिन्चोक दर्शन र एसियन हाइड्रोको आइपीओ सूचीकृत, पहिलो कारोबार कति रुपैयाँमा ?
प्रकाशित मिति : 22 March, 2023 1:34 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । जसमध्ये कालिन्चोक दर्शनको निष्काशन गरेको ६० लाख कित्ता सेयर सोमबार सूचीकृत भएको नेप्सेले जनाएको छ।
नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म तोकेको छ । त्यस्तै दोस्रो बजारमा कारोबारको लागि नेप्सेले कम्पनीलाई ‘केडीएल’ संकेत प्रदान गरेको छ ।
त्यस्तै एसियन हाइड्रोपावरले निष्काशन गरेको ३४ लाख कित्ता सेयर सोमबार सूचीकृत भएको नेप्सेले जनाएको छ । यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ रहेको छ । नेप्सेले दोस्रो बजारमा कारोबारको लागि कम्पनीलाई ‘एएचएल’ संकेत गरेको छ ।