१०.८ प्रतिशतले बढ्यो नेपालको साक्षरता दर, ७६.३ प्रतिशत कायम
प्रकाशित मिति : 24 March, 2023 2:59 pm
काठमाडौँ । नेपालको साक्षरता दर ७६. ३ प्रतिशत पुगेको छ । २०६८ को जनगणनाको तुलनामा १० प्रतिशतले साक्षरता बढेको हो ।
देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको राष्ट्रिय जनगणनाले देखाएको छ ।
त्यस्तै २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।