२ कार्तिक २०८१, शुक्रबार

बाँकेमा कोरोना भाइरस आशंका गरिएका सबैको रिपोर्ट नेगेटिभ

प्रकाशित मिति :  13 April, 2020 6:47 pm


बाँके, १ बैशाख ।

बाँकेका कारोना भाइरसको शंकामा र्यापिड डयोग्नेष्टिक टेष्ट(आरडीटी) किट मार्फत र प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएका सबै परिणाम नेगेटिभ आएको छ ।

जिल्लामा आरडीटी र प्रदेश—५ को प्रादेशिक प्रयोगशाला भैरहवा मार्फत गरिएका सबै नतिजा नेगेटिभ आएको हो ।

प्रादेशिक प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टस अनुसार बाँके क्वारेन्टाईनमा रहेर परीक्षणका लागि पठाईएका सबै ७६ जनाको नमुना परीक्षण नेगेटिभ आएको हो ।

 

स्वास्थ्य कार्यालय बाँकेले पनि अहिलेसम्म पठाएका कोरोना शंकास्पद व्यक्तिको नमुना नेगेटिभ आएको जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका महामारी फोकल पर्सन नरेश श्रेष्ठले भनेका छन,‘बाँकेबाट हालसम्म पठाईएका ७६ वटा शंकास्पद काभिड—१९ स्याम्पलमा ७६ वटैको रिपोर्ट नेगेटिभ आएको छ शुभकामना !’

बाँकेबाट भेरी अस्पतालबाट २३, नेपालगञ्ज मेडिकल कलेजबाट २१, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरबाट १३ जना, आर्मी अस्पतालबाट २ जना, नेपालगञ्ज बोर्डर क्वारेन्टाइनबाट ५ १० जना, श्री मावि क्वारेन्टाइनबाट ७ जनाको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाईएको थियो ।

तर अहिलेसम्म पठाएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

जिल्लामा पनि क्वरेन्टाइनमा बसेका १ सय ५४ जनाको आडिटी मार्फत जाँच गरेकोमा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाईनमा बसेर १४ दिन पुगेका नरैनापुर गाँउपालिकाका १ सय ३४ जना, खजुरा गाँउपालिकाका ३ जना, जानकी गाँउपालिकामा ३ जना र राप्ती सोनारी गाँउपालिकामा १५ जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !