कामकाजीको लकडान अनुभूति:पारिवारसँग घुलमिल, सन्तानलाई संस्कार सिकाउने अवसर
काठमाडौं, २ वैशाख ।
चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको नोबेल कोरोना भाइरसले विश्वकै शक्तिशाली देशहरुलाई पनि थला पारिसकेको छ ।
अहिले सम्म विश्वका २ सय १२ देशमा फैलिसकको उक्त भाइरसबाट १ लाख भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने १६ लाख भन्दा धैरै मानिस कोरोना भाइसरबाट संक्रमित भएका छन् ।
विश्वकै बादशाहको रुपमा चिनिएको देश अमेरिका सबै भन्दा धेरै प्रभावित बनेको छ । अहिले सम्म अमेरिकामा २० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ५ लाख भन्दा बढि संक्रमित भएका छन् ।
क्विश्व स्वास्थ्य संगठनले यस भाइरसलाई निको पार्ने कुनै पनि औषधी पत्ता लाई नसकेको अवस्थामा देशलाई लकडाउन गरेर नै सम्भाववित जोखिमबाट बच्न सकिने बताएको छ । भाइरसबाट नेपालमा हालसम्म १४ संक्रमित पुष्टी भएको छ भने अहिले सम्म कसैको पनि ज्यान गएको छैन ।
विश्वभरमा अहिले ३ अर्ब भन्दा बढि मानिस लकडाउनमा छन् ।
यो भाइरस मानिसहरुको प्रत्यक्ष सम्पर्कबाट फैलिने हनाले सरकारले पुर्व सर्तकता अपनाउदै चैत ११ गते बाट नै लकडाउनको घोषणा गरेको छ लकडाउन लम्बिदै जाने निश्चितप्रायः छ ।
अहिले लकडाउनको तेस्रो साता चलिरहदा विभिन्न पेशा तथा व्यवसायमा संलग्नदेखि सर्वसाधारण लकडाउनमा भएको अवस्था ।
लकडाउनमा पेशा तथा व्यवसायमा संलग्नहरुले कसरी दिन विताउने गरेका छन् त? घरपरिवार भएकाहरुले केही त्रास भए पनि लकडाउनको समय सदुपयोग गरिरहेको बताएका छन् ।
घर परिवारसँग घुलमिल हुने र आफ्ना सन्तानलाई घर व्यवहारका कुरा सम्वाददाता अम्बिका शर्माले लकडाउनमा प्रतिनिधी कामकाजीहरुसँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ लकडाउन अनुभवको सम्पादितअंशः
कलेजको काम म्यासेन्जरबाट गर्छु, सन्तानलाई समय दिन पाएको छु: राजेन्द्र दवाडी,एस.एस. कलेज माछापोखरी, बालाजु
लकडाउन रोग फैलन नदिने प्रमुख माध्याम भएकाले हाम्रो सरकारले पनि यसको समयावधि थप्दै लगेको छ भने यो अझै केही हप्ता लम्बिने प्रवल संभावना पनि रहेको छ ।
सधै काममा व्यस्त हुने हामीहरुलाइ लामो समय घरभित्र बस्नु पर्दा निकै कठीन र पट्यारीलो महशुस हुने गर्दछ ।
त्यसमा पनि बच्चाहरुलाई यति लामो समय घर को एउटा साँघुरो घेरामा राख्नु अभिभावकहरुलाई निकै चुनौतिपुर्ण कार्य हो ।
म अन्य समय विहान ६ बजे देखि बेलकी ५ बजे सम्म आफ्नो काममा व्यस्त रहन्थे । अत यो लकडाउन मेरोे लागि पट्यारीलो होलाकी भन्ने शुरुका दिनहरुमा लागेको थियो ।
लकडाउनको यो समय मेरा लागि पट्यारिलो भन्दा पनि उपलब्धिमुलक तथा रमाइलो क्षणको रुपमा परिणत गर्न मैले धेरै क्रियाकलापहरुमा आफुलाई व्यस्त राख्ने प्रयास गरीरहें जसले गर्दा मलाई रोगसंग सुरक्षित गर्नुको साथै मेरो दैनिकी पनि सहज र रमाइलो संग व्यतित भइरहेको छ ।
यस सयममा प्राय म आफुले पढाउने विषयबस्तुको वारेमा युट्युवमा भिडियोहरु हेर्ने, गुगलमा सर्च गर्ने, पावरप्वाइन्टमा पढाउने विषयको वारेमा प्रजेन्टेशनहरु तयार गर्ने र केही समय सामाजिक संजालमा विभिन्न विषयवस्तु र समाचारको लागि बिताउने गरेको छु ।
घर छेउमा रहेको सानो करेसावारीमा तरकारी लगाउने तथा गोडमेल गर्ने कार्यमा आमालाई सघाउने देखि लिएर कहीलेकाँही किचनमा खाना खाजा बनाउने काममा श्रीमतीलाई सघाउन पनि भ्याएको छु ।
यो अवधिमा दिन सहज बनाउने अर्को महत्वपुर्ण माध्याम बनेको छ मेरो ५ वर्षको छोरा, जसर्लाइ अन्य समय मैले टाइम दिन पाएको थिइन भने यस समयमा म उस्को साथि जस्तै बनेर उ संग खेल्ने र रमाउने गरेको छु जस्ले गर्दा बाबु र छोरा दुवैलाई दिन बिताउने सजिलो माध्याम बनेको छ ।
यस्तै बेलुकी खाना खाएपछी केही समय आफ्ना विद्यार्थी भाइ बहिनी हरुले विशेषगरी कक्षा ११ र १२ का विद्यार्थिहरुले फेसबुक म्यासेन्जरको माध्याम मार्फत सोधेका जिज्ञाशाहरुको जवाफ दिने तथा गित संगीत सुन्ने गरेको छु, । घर वाहीर परीवारका कुनै पनि सदस्य प्राय निस्कने गरेका छैनौ ।
अत यी सबै क्रियाकलापहरुले मेरो लकडाउन समय पट्यारीलो भन्दा पनि उपलब्धिमुलक र व्यस्ततामै बितेको छ ।
दिन वितेको पत्तै हुँदैन:इन्दिरा लम्साल, शाखा अधिकृत, समाज कल्याण परिषद्
विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना कोभिड १९को संभावित खतरा बाट बच्न सरकारले लकडाउन गरेको छ ।
अहिले कलेज अफिसहरु सबै बन्द छन् । अफिस जान नपरेपछि घरमा सरसफाई गर्न पाएकी छु ।
दैनिक जसो अफिस जाँदा गर्न नभ्याउने कामहरु क्रमैसँग गर्दै गएकी छु । विहान उठेपछि ध्यान योगा गर्ने पुजापाठ गरेर खाना बनाउने खाने परिवारलाई समय दिन पाईएको छ ।
दिउँसो एकछिन फुर्सद निकालेर करेसाबारीमा तरकारी लगाउने गोडमेल गर्ने गर्छु । यत्तिकैमा दिन बितेको पत्तै हुँदैन ।
लकडाउन अघि हामी दुवै श्रीमानश्रीमती नै अफिस जानुपर्ने भएको एकअर्का लाई त्यत्ति समय दिन सकेका थिएनौ अहिले दुवै जना घरमै भएपछि घरकोकाममा एक अर्कालाई सघाएका छौं ।
तर लकडाउनमा अफिस जान टन्टो नभएपनि मनमा चैन भने छैन । कतिखेर कहाँ कति जना मरे कति संक्रमित बढे भन्ने समाचारले त्रसित बनाउँछ ।
छोराछोरी साथमा छैनन् उनिहरु बस्ने देशमा संक्रमित र मृत्य दर बढिरहेको बेला साह्रै छटपटि हुन्छ यसस्तो बेला सबैपरिबार संगै हुन पाएको भए ढुक्क हुन्थ्यो भन्ने पिरले मन पोलिरहन्छ ।
कोरोनाको भन्दा पर्यटन व्यवसाय धरासयी भएको चिन्ता लाग्छ:गणेश न्यौपाने,पर्यटन व्यवसायी, थर्डआई एडभान्चर, ठमेल
गत डिसेम्बर देखि चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाईरस कोभिड १९ विश्वभर फैलिएको छ ।
कोरोनाको संभावित जोखिमबाट बच्नका लागि सरकारले बेलैमा लकडाउन गरेर राम्रो भएको छ । यो माहामारी बाट बच्नकोलागी हामीले सजग र सचेत बन्नुपर्छ र बनेका पनि छौं ।
कोरोनाकै कारण यस सिजनका सम्पुर्ण ट्रिपहरु रद्ध भएका छन् । पर्यटन वर्ष २०२० सुरुवातमै कोरोना भाइरसको माहामारीले गर्दा व्यवसाय नै चौपट भएको छ ।
यति सम्म कि कोराना भाइरस नियन्त्रणमा आएर लकडाउन खुलेपनि १ वर्ष कामविहिन बस्नुपर्ने निश्चित छ । अहिले लकडाउनको बेलामा अब यस व्यवसायको बैकल्पिक उपायहरु सोचिरहेको छु ।
परिवारलाई घरमा धेरै जसो समय दिन पाएको थिइन अहिले घरमा छोरीहरुसँग समय बिताउने उनिहरु नयाँ कुराहरु सिकाउने किचनमा श्रीमतीलाई सघाउने काम गरेर लकडाउनको भरपुर सदुपयोग गरेको छु । यो सँगै मुभिहरु हेर्न गरेको छु । यस माहामारी बार बच्नको लागि आवश्यक सर्तकता अपनाएका छौ ।
छोराछोरीलाई घर व्यवहार सिकाउन पाइएको छ :अनिता भट्टराई लाइबेरी अधिकृत, आरआर क्याम्पस, काठमाडौं
कोरोना भाईरसको कारण विश्व आतंकित बनेको बेलामा हामी पनि सर्तक हुनु जरुरी देखिन्छ ।
कोरोना भाइरसको औषधी पत्ता नलागेको अवस्थामा हामी आ आफ्नो घरमा सुरक्षित साथ बस्नु नै प्रभावकारी देखिन्छ ।
लकडाउनको पनि आज १९ दिन पुगेछ पत्तै पाइएन । सधैजसो अफिस जानुपर्ने भएकोले अहिले लकडाउनको बेलामा घरमा परिवार सँग समय भरपुर समय विताउन पाइएको छ ।
छोराछोरीलाई उनिहरुले नजानेको कुरा सिकाउन पाइएको छ ।
छोरिहरुलाई खानेकुरा पकाउन सिकाउनु को साथै उनिहरुले चाहेका हरेक कुरामा सँगै बसेर धेरै समय छलफल गर्न पाईएको छ । घरबाटै गर्न मिल्ने अफिसका कामहरु पनि गरेकी छु ।
यसका साथै मैले स्वेटर बुनेर लकडाउनको सदुपयोग गरेकी छु । घरको सरसफाई पनि राम्रो सँग गर्न पाइएको छ ।
हाम्रो परिवारका सदस्य कोहिपनि घरबाहिर निस्किएका छैनौ । म सबै दाजुभाई दिदीबहिनीलाई के भन्न चाहन्छु भने हामी घर भित्रै बसेर हाम्रा सुरक्षाकमी तथा डाक्टरलाई सहयोग पुराऔं ।