८ मंसिर २०८१, शनिबार

इन्जिनियरको लाइसेन्स परीक्षामा ५६५ जना मात्रै उर्तिण

प्रकाशित मिति :  28 March, 2023 1:21 pm


काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले पहिलो पटक लिएको लाइसेन्स परीक्षामा ७१ प्रतिशत अनुर्तिण भएका छन् ।

परिषदले यहि चैत दोस्रो साता पहिलो पटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लिएको लाइन्सेन्स परीक्षा २ हजार ६ जनाले फारम भरेका थिए ।

जसमध्ये परीक्षामा १ हजार ९ सय ८१ जनाले परीक्षा दिएकोमा ११ जनाको परीक्षा रद्द भएको थियो । तीमध्ये २८ प्रतिशत अर्थात ५६५ जनामात्र पास भएका छन् भने बाँकी ७१.५ प्रतिशत अर्थात १४ सय ५ जना परीक्षार्थी अनुर्तिण भएको परिषद्ले जनाएको छ ।

इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।

लाइन्सेन्स परीक्षामा इन्जिनियरिङ क्षेत्रका २२ वटा विधामा १ हजार ९८१ जना सहभागी भएका थिए ।

लाइन्सेन्स परीक्षामा अनुत्तिर्ण भएकाहरुले नेपालभर काम गर्न नपाउने तर विगतमा प्रमाणपत्र लिइसकेकाहरुले भने लाइन्सेन्सको लागि पुनः परीक्षा नपर्ने नेपाल इन्जिनियरिङ परिषदका रजिष्ट्रार तथा सदस्य सचिव शिवमंगल गिरीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !