३० कार्तिक २०८१, शुक्रबार

हाइड्रोपावरकाे लापरबाहीका कारण किशोरीको मृत्यु, कारबाहीको माग

प्रकाशित मिति :  28 March, 2023 5:58 pm


काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्बर ३ यतिबेला शोकमा डुबेको छ । गत फाल्गुन १५ गते जुगल गाउँपालिका वडा नम्बर ३ मा निर्माणधीन अवस्थामा रहेको सीता हाइड्रोपावारको लापरबाहीका कारणले १४ वर्षीय किशोरी नोर्जी वाङ्मुको मृत्युको कारण वडा शोकमा डुबेको हो ।

किशोरी लामाको सीता हाइड्रोपावारले ११ हजार भोल्टेजको डाइरेक्ट लाइन प्रवाहित भएको तार अड्याइएको पोलदेखि तीन मिटर पर रहेकै अवस्थामा बारीमा काम गर्दै गर्दा मृत्यु भएको मंगलबार काठमाडौँमा पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै जनाएको छ ।

समितिका अनुसार उक्त घटनाको स्विर्कार गरेर छानबिन गर्न सम्बन्धीत निकायलाई सहयोग गर्नुको ठाउँमा सीता हाइड्रोपावरले राजनितिक आडमा जलविद्युत आयोजना तोडफोड गरेको आरोपमा उल्टै स्थानीय २२ जना विरुद्ध मुद्धा दर्ता गरेको छ ।

यता मृतकका मामा अभिक तामाङले सीता हाइड्रोपावरका संचालक सीताराम तिमिल्सनाले जिल्ला प्रशासन कार्यलयमा वर्ता गर्दा हाइड्रोपावरको कुनैपनि दोष नरहको भन्दै उम्कन खोजेको बताए ।

उनले भने, “मेरो भान्जीको न्यायको लागि जुगलका स्थानीय बासी एक भएर उभिएका छौँ । तर तिमिल्सनाले डेढलाख रुपैयाँ क्षतिपूर्तिरूपमा दिने र परिवारका एकजनालाई रोजगारी दिने आश्वसन दिएर उम्कन पाउन छैनन्।’’

सीता हाइड्रोपावरमा कार्यरत मजदुर सरोज थारुको पनि करेन्ट लागेर फाल्गुन ६ गतेका दिन मृत्यु भएको थियो । त्यस्तै उक्त पत्रकार सम्मेलनमा जगुल गाउँपालिकाका जनप्रतिनिधिदेखि राजनितिक दलहरूको उपस्थिती रहेको थियो भने उनीहरूले किशोरीको न्यायको लागि सरकारसँग जोडदार माग राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !