बारामा जसपालाई समर्थन गर्ने नेपाली कांग्रेसको निर्णय
प्रकाशित मिति : 2 April, 2023 12:47 pm
काठमाडौं । नेपाली कांग्रेसले बारामा जसपालाई समर्थन गर्नेे निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि बारा–२ मा जसपालाई सघाउने निर्णय गरेको हो ।
जसपाबाट उक्त क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतरुपमा उम्मेदावार सिफारिस भएका छन् ।
समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको सानेपा स्रोतले बताएको छ ।
बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।