चितवन २ मा रवि लामिछानेले गरे मनोनयन दर्ता
प्रकाशित मिति : 3 April, 2023 12:05 pm
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि आफ्नो मनोनयन दर्ता गरेका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दायर गरेका हुन् ।
सोमबार बिहान पौने ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लामिछानेले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका हुन्।
लामिछाने मंसिर ४ को निर्वाचनमा यही क्षेत्रबाट भारी मतसहित विजयी भएका थिए। नागरिकता विवादमा सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले पनि आज दिउँसो उम्मेदवारी दर्ता गर्दैछन्।