३० कार्तिक २०८१, शुक्रबार

तनुहँ १ मा सर्वेन्द्र खनालले गरे उम्मेदवारी दर्ता

प्रकाशित मिति :  3 April, 2023 2:13 pm


काठमाडौँ । नेकपा एमालेको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।

यो क्षेत्रमा कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र रास्वपाबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउँदैछन् ।

गत मंसिरमा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त छ । उक्त क्षेत्रमा वैशाख १० गतेका लागि निर्वाचन तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !