२८ पुस २०८१, आइतबार

यस्ता छन् प्रधानमन्त्रीको १०० दिने काम (पूर्णपाठ)

प्रकाशित मिति :  3 April, 2023 5:10 pm


काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिन गरेको कार्य उपलब्धि सार्वजनिक गरेका छन् ।

प्रचण्डको सरकारले ३७ बुँदे उपलब्धिमा आफ्नो नेतृत्वमा सरकार आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता दिने उद्देश्यले काम गर्दै आएको उल्लेख गरिएको छ । त्यस्तै अर्थतन्त्र सुधारको प्रयास अन्तर्गत विभिन्न पहल लिइएको छ।

विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

निजि क्षेत्रसँगको सहकार्यमा वर्तमान समस्याको समाधान गरि अर्थतन्त्रलाई थप गतिशील बनाउदैँ सरकार अघि बढेको उल्लेख गरिएको छ ।

त्यस्तै मिटरब्याजी पिडितहरूको समस्या समाधानका लागि सरकारले यस विषयमा सुझाव पेस गर्न उच्च स्तरीय आयोग गठन गर्ने तथा मौजुदा कानुन संशोधन गर्नको लागि आवश्यक प्रक्रिया अघि बढाएको उल्लेख गरेका छन् ।

यस्ताे छ १०० दिनकाे पूर्णपाठ



प्रतिक्रिया दिनुहोस !