५ आश्विन २०८१, शनिबार

ट्वीटरको लोगो परिवर्तन, निलो चरा हटाएर कुकुर

प्रकाशित मिति :  4 April, 2023 9:41 am


काठमाडौँ । एलन मस्कले मंगलबार माइक्रो ब्लगिङ साइट ट्वीटरमा ठूलो परिवर्तन गरेका छन्। उनले ट्वीटरको लोगो नै परिवर्तन गरेका छन्।

मस्कले यसअघिको नीलो चराको लोगो हटाएर कुकुरलाई नयाँ लोगो बनाएका हुन। मस्कले एक प्रयोगकर्तालाई ट्विटमा आफूले गरेको वाचा पूरा गरेको पनि बताएका छन्।

अमेरिकी अर्बपति मस्कले पछिल्लो अक्टोबरमा ट्वीटर खरिद गरेका थिए। मस्कले ट्वीटर खरिद गेपछि ट्वीटरका विषयमा ठूला निर्णयहरू लिँदै आएका छन्। जसमा मुख्यरूपमा ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती सिइओलाई हटाउने लगायतका निर्णयहरू लिएका छन्।

सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थाले। यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् । मस्कले आफ्नो लोगो निलो चरा परिवर्तन गरेको कुकुर राखेको स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस !