९ मंसिर २०८१, आइतबार

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष उप्रेतीको राजिनामा स्वीकृत

प्रकाशित मिति :  4 April, 2023 5:22 pm


काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा.सेनेन्द्र राज उप्रेतीको राजिनामा स्वीकृत भएको छ ।

चैत १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीले पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको गरेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

डा.उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई राजीनामा पत्र बुझाए पनि हालसम्म राजीनामा स्वीकृत भएको थिएन । डा.उप्रेती २०७७ साल साउनमा बोर्ड अध्यक्ष नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !