सिक्किममा हिउँ पहिरो: ३ नेपालीसहित ७ जनाको मृत्यु
काठमाडौँ । भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको छ।
सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी ३ नेपालीसहित दर्जनौँ घाइते भएका हुन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, रुपन्देहीकी मुना शाह श्रेष्ठ र आशिका ढकाल रहेको गान्तोकका अधिकारीहरुले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।
सातवटा शव हिउँबाट बाहिर ल्याइएको थियो र गहिरो उपत्यकाबाट छ पर्यटकहरू सहित २३ जनालाई जीवितै उद्धार गरिएको थियो, राज्य सरकारका एक अधिकारीले सेनाको रिपोर्टलाई उद्धृत गर्दै भने।
सडकबाट हिउँ हटाएर फसेका ३५० पर्यटक र ८० सवारी साधनलाई उद्धार गरी गान्तोक ल्याइएको सेनाको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाबाट आफू दुखी भएको उल्लेख गरेका छन्। उनले घाइतेहरूको सरकारले उपचार गर्ने पनि बताएका छन्।