उपचारपछि शितल निवास फर्किए राष्ट्रपति पौडेल
प्रकाशित मिति : 5 April, 2023 2:29 pm
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर शितल निवास फर्किएका छन्।
गत शनिबार पेट दुख्नेजस्ता समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको थियो।
उनलाई ग्यास्ट्रिकको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।