नेप्सेमा ८ अंकको वृद्धि, कारोबार रकम ८१ करोडमा झर्यो
काठमाडौं । लामो समयको गिरावट पछि नेप्सेमा झिनो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.९७ अंकले बढेर ३५३.९५ अंकमा पुगेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये उत्पादन तथा प्रशोधन उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । आज कम्पनीको ६ करोड ४३ लाख ३७ हजार ८ सय ६५ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले घटेको छ ।
त्यस्तै आजको दिन सिटिजन्स म्यूचुअल फण्ड–१ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कुल २६२ कम्पनीको २६ लाख २ हजार ९ सय ५६ कित्ता सेयर किनबेच हुँदा ८१ करोड ६० लाख ४६ हजार ७ सय ९० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।