३० कार्तिक २०८१, शुक्रबार

सरकारले सवारी चालक अनुमतिपत्र सातै प्रदेशबाट उपलब्ध गराइने

प्रकाशित मिति :  6 April, 2023 7:18 pm


काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र सबै प्रदेशहरूबाट तथा राहदानी सबै जिल्लाहरूबाट सहजरूपमा उपलब्ध गराउने भएको छ ।

बिहीबार १० दलीय सत्ता गठबन्धनले सार्वजनिक गरेको ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटरहित बनाउन तथा जनतालाई लाइनको सास्तीबाट मुक्त गराउन सबै ठाउँबाट सेवा दिइने जनाएको छ ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सरकारी अस्पताल, यात्रुवाहक सवारी साधन, ठेकापट्टा लगायतका सेवामा अनलाइन प्रणाली, टाइम कार्ड तथा टोकन प्रणाली लागू गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

त्यस्तै सरकारले प्रदान गर्ने सेवामा लाग्ने समय एकतिहाइले घटाउने गरी प्रशासनिक सुधार गर्ने र सार्वजनिक सेवाको क्षेत्रमा विद्यमान भ्रष्टाचार निर्मूल गर्नका लागि सरकारले तदारुकताका साथ कदम चाल्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !