१६ असार २०८१, शनिबार

सनसिटी अपार्टमेन्टका एकजनाको रिपोर्ट भने नेगेटिभ,अपार्टमेन्टमा बस्ने अन्यको परीक्षण सुरु(अपडेट)

प्रकाशित मिति :  14 April, 2020 1:53 pm


काठमाडाैं, २ वैशाख ।

सनसिटी अपार्टमेन्टबाट अस्पताल लगिएका मध्य दुइजनाको रिपोर्ट पोजेटिभ आएपनि एक जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जनाको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेको हो ।

मन्त्रालयले,‘५८ बर्षका पुरुष र ८१ बर्षीया महिलाको पीसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी १ जनाको पहिलो परीक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको’ उल्लेख गरेको छ ।

आरडीटी विधिबाट परीक्षण गर्दा तीनैजनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरेर थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो ।

तर, पीसीआर बाट परीक्षण गर्दा ८१ बर्षीया आमा र ५८ बर्षीया छोराको रिपोर्ट पोजेटिभ आएपनि बुहारीको रिपोर्ट भने नेगेटिभ आएको हो । उनको फेरी परीक्षण गर्ने तयारी छ ।

मन्त्रालयले सनसिटी अपार्टमेन्टमा रहेका अन्य मानिसहरुको परीक्षण आजैदेखि सुरु भएको पनि जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !