आइएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’अफर सार्वजनिक
काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले वालेट(टु(वालेट ट्रान्सफरलाई प्राथमिकता दिदैँ “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ ।
चैत २९ देखि २०८० भाद्र २६ सम्म चल्ने सो अफरमा ग्राहकवर्गले आइएमई पेमा वालेट(टु(वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच (हेयलोउ आर।टि एल।एस।०५५ जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सो अफर ५ महिनासम्म चल्ने र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ ।
यस अफर अवधिभर वालेट(टु(वालेट ट्रान्सफर गर्ने ग्राहकहरूले सो पुरस्कार जित्न सक्नेछन् । ग्राहकवर्गमा वालेट(टु(वालेट ट्रान्सफर (पि।टु।पि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरूलाई विद्युतीय भुक्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएकाे छ ।