बिगमार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत छुट
काठमाडौँ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य सुरु गरेको छ। नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफरमा सहकार्य गरेका हाे।
यस छुट अन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म छुट प्राप्त गर्न सक्ने छन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु १५० सम्म छुट साथै अफर पनि कायम रहेकाे कम्पनीले जनाएकाे छ ।