सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु
प्रकाशित मिति : 16 April, 2023 9:46 am
काठमाडौँ । सेती प्रादेशिक अस्पतालमा कारोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।
मुटु सम्बन्धी समस्या लिएर चैत्र २४ गते अस्पताल भर्ना भएकी उनलाई चैत्र २६ गते कोरोना पुष्टि भएको थियो । उनको आइसीयूमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।