४ आश्विन २०८१, शुक्रबार

धरौटी बुझाएर रिहा भएका विप्लव नेकपाका तीन नेता अदालत गेटबाटै पक्राउ,बाँके लागियो

प्रकाशित मिति :  15 April, 2020 8:31 am


????????????????????????????????????

दाङ, ३ बैशाख।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ नेतालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्यूरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’, पार्टीकै तत्कालीन रोल्पा इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ र पोष्टमान घर्ती मगरलाई दाङ जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन खोज्दा प्रहरीले पुनः पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना रोल्पाका हुन् ।

घोराही हिरासतमा रहेको दाङ देउखुरी जिल्ला अदालतले प्रति व्यक्ति १५ हजार धरौटीमा सबैलाई रिहा गर्न आदेश दिएको थियो ।

तर त्यतिबेला धरौटी नराखेको भन्दै पुनः गिरफ्तार गरेर दाङ कारागार, त्यसपछि रोल्पा कारागार हुदै फेरि तुलसीपुर कारागार पुराईएको    थियो ।

उनीहरु धरौटी बुझाएर रिहा हुन खोज्दा हिजो प्रहरीले फेरी अदालतको गेटबाटै पक्राउ गरेको हो । राप्ती ब्यूरो बैठकबाट गत असोज २९ गते दाङको राजपुर मुङ्ग्रेठामा २१ जना पक्राउ परेका थिए । नेकपाका महासचिव विप्लवका दाई चन्द्रबहादुर चन्द ‘वीरजंग’सहित तीन जनापनि पक्राउ परेका थिए । फेरी पक्राउ गरेर तीनै जनालाई बाँके लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !